Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले दिए कांग्रेसको साधारण सदस्यबाटै राजीनामा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता परित्याग गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित भएको चार दिनपछि राष्ट्रपति पौडेलले आइतबार कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि (सोमबार) दिउँसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077