Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेकै कारण शान्ति प्रक्रियाको काममा ढिलाइ भयो : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शान्ति प्रक्रियाको काम रोकिनुमा नेकपा एमाले बाधक बनेको दाबी गरेका छन् ।

आइतबार माओवादी घटक दलहरुले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन् ।

उनले भने,'नेकपा एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंगाउन नकरात्मक धारणा लगातार राख्दै आयो।पछिल्लो समयमा एमालेकै कारण विधेयक अड्कियो।’

महासचिव गुरुङले अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एमालेको असहयोगका कारण रोकिएको बताए ।

सरकारले सर्वोच्च अदालतको आदेश अनुसार सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संसदमा दर्ता गरेको तर एमालेको असहयोगले रोकिएको उनको दाबी छ ।

गुरुङले द्वन्द्वकालीन मुद्दालाई नियमित अदालतमा लगेपछि शान्ति प्रक्रिया भंग हुन लागेको भन्दै चिन्ता प्रकट गरे । उनले द्वन्द्वकालीन मुद्दालाई संक्रमणकालीन न्यायको मान्यताभन्दा फरक ढंगले अगाडि बढ्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077