काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने भएकी छन् ।
उपराष्ट्रपतिमा जसपाबाटै अर्का उम्मेदवार रहेका रामसहाय प्रसाद यादवको निर्वाचन आयोगले उम्मेदवारी कायम राखेसँगै प्रमिलाले उम्मेदवारी फिर्ता लिने भएकी हुन्।
प्रमिलाले उम्मेदवारी फिर्ता लिने तयारी भइरहेको जसपाका सांसद् प्रदिप यादवले बताएका छन्।
जसपाले शनिबार उपराष्ट्रपतिमा १ महिला र १ पुरुष गरी २ जनाको उम्मेदवारी दर्ता गराएको थियो।
Leave a Reply