Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिन्धुली बस दुर्घटना : मृतकको संख्या ६ पुग्यो

सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको हो । मृतकको संख्या ६ पुगेको सिन्धुली प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077