Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ खा ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका–४ मा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सडकको भित्तामा ठोक्किएर बस दुर्घटनामा परेको हो।

अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । घाइतेहरुर्ला उद्धार गरेर उपचारका लागि अस्पताल पठाउने काम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077