काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । उनी २०७४ फागुन २९ गते राष्ट्रपति निर्वाचित भएकी थिइन्।
पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारी गरेकी छन् ।
उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन् । नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन् । शितल निवासबाट भण्डारी बाहिरिएसँगै नयाँ राष्ट्रपतिको प्रवेश हनेछ ।
गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
Leave a Reply