रुपन्देही । रुपन्देहीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।
जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर १० बेमतेनीमा १४ वर्षीया बालिका सीता ज्ञवालीको हत्या आरोपमा प्रहरीले कथित माता भनिने सोनिया रेश्मी सहित १७ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गरेकी थिइन् । सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी सुक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
फागुन २० गते राति ८ बजे झाँक्रीकहाँ लगिएकी सीतालाई बोक्सी बकाउने भन्दै लछारपछार पारी कुटपिट गरेको र सोही क्रममा उनको मृत्यु भएको थियो ।
Leave a Reply