Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकलाई माल्यार्पण गरेका छन्।

शनिबार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर उनले माल्यार्पण गरेका हुन्।

उनीसँगै पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपा एसका महासचिव वेदुराम भुसाल, काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायत पुगेका थिए।

राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरेका थिए। यसअघि शुक्रबार नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिर पुगेर पुजा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077