Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाबाट उपराष्ट्रपतिमा प्रमिला यादवकाे पनि उम्मेदवारी दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेर यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यादवको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरूङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ रहेका छन् ।

यादवको बारेमा जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने कुनै औपचारिक निर्णय भने गरेको छैन ।

जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधिसभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077