Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

    उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवारबारे छलफल गर्न नौदलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बिहान साढे ८ बजेदेखि बसिरहेको हो ।



    बैठकमा नौ दलीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकले गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्नेछ । उपराष्ट्रपति पदमा जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले दाबी गरेका छन् ।



    आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिवार नै उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। यद्यपि, सत्ता साझेदार दलले भने उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

    मनोनयनपत्र दर्ताको समय बिहान ९ देखि दिउँसो २ बजेसम्म तोकिएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार