Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनको बैठक बस्दै

    उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनको बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 657
    SHARES

    काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

    बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले जानकारी दिए ।



    यसअघि शुक्रबार बसेको गठबन्धनका दोस्रो तहका नेता सम्मिलित संयन्त्रको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। खासगरी उपराष्ट्रपतिमा महिना नै हुनुपर्ने निर्वाचन आयोगको अडानपछि गठबन्धन अन्योलमा परेको छ।



    यसअघि गठबन्धनका तर्फबाट जसपा संसदीय दलका नेता रासहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थियो। पछिल्लो समय जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको छ। कांग्रेसलाई राष्ट्रपति दिने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने समझदारी भएको नेताहरूको दाबी छ।

    गठबन्धनभित्रैबाट एकभन्दा बढी दलको दाबी र महिला नै चाहिने निर्वाचन आयोगको अडानपछि शनिबार गठन्धनका शीर्ष नेतासहितको बैठक बस्न लागेको हो । उपराष्ट्रपतिका लागि आज शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार