Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • उपराष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता आज

    उपराष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता आज

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 543
    SHARES

    काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ ।

    आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको हो ।



    उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ।



    दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिंगका व्यक्तिले उम्मेदवारी दर्ता गराउनुपर्नेछ।

    उम्मेदवारी दिनेले पाँच जना समर्थक र पाँच जना प्रस्तावक जुटाउनुपर्नेछ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार प्रस्तावक र समर्थक सो पदका लागि निर्वाचन आयोगले प्रकाशन गरेको ८८२ जनाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ। मतदाता भने संघीय संसद् र प्रदेश सभाका सदस्य मात्रै छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार