Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पौडेललाई भेटेर डा. बाबुराम भट्टराईले दिए बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले बधाई दिएका छन् ।

नवानिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिन डा. भट्टराई शुक्रबार साँझ उनकै निवास बोहोराटार पुगेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् 'गरिमामय राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा निष्ठावान नेता श्री रामचन्द्र पौडेललाई हार्दिक बधाइ तथा शुभकामना !'

बिहीबार भएको निर्वाचनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका भएका थिए । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए ।

पौडेलले ३३ हजार ८०२ मतभार ल्याए । उनका प्रतिस्पर्धी सुवास नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077