Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस उपसभापति खड्काले भने - उपराष्ट्रपति निर्वाचनमा आयोगको निर्णय संविधान विपरीत छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति र उपराष्ट्रपति हुन संविधानले व्यवस्था गरेको बताएका छन् ।

नौ दलीय गठबन्धनको कार्यदलको बैठकपछि बोल्दै खड्काले संविधानले उपराष्ट्रपतिमा फरक लिंग वा समुदायको हुनुपर्छ भनेर प्रष्ट भनेको दाबी गरेका हुन् ।

खड्काले भने, ‘तर, फरक समुदायको राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्छ भनेर संविधानले जे व्यवस्था गरेको छ । त्यो व्यवस्थाको विपरित निर्वाचन आयोगले निर्णय गरेको छ। ’

प्रमुख आयुक्तको भनाइ सत्य भए गठबन्धनमा छलफल गर्ने उनले बताए । खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगले संविधानको व्यवस्थाविपरीत निर्णय गरेको प्रतिक्रिया जनाए ।

निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा पनि राष्ट्रपति-उपराष्ट्रपति फरक लिंग वा फरक समुदाय उल्लेख गरिएको भन्दै नेता खड्काले आयोगको विज्ञप्ति र प्रमुख आयुक्तले बोलेको कुरा नै नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077