Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • जनताको निराशालाई आशामा बदल्ने गरी काम गर्छु : रामचन्द्र पौडेल

    जनताको निराशालाई आशामा बदल्ने गरी काम गर्छु : रामचन्द्र पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 591
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन्।

    राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार बिपी संग्रहालय सुन्दरीजलमा स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरेपछि पौडेलले यस्तो बताएका हुन्।



    उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जगेर्ना गर्न आवश्यक रहेको पनि बताए। राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए।



    पौडेलले भने,’देशले पटक पटकको नयाँ नयाँ प्रयोग थाप्न सक्दैन र त्यो क्षमता नेपालसँग छैन । राष्ट्रलाई उन्नति गर्ने समय चाहिन्छ । राजनीतिक स्थायित्व चाहिन्छ । जनताको हातमा आएको अधिकारलाई सुरक्षित गरेर राष्ट्र निर्माण गर्ने अवसर चाहिन्छ ।’

    देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको उनको भनाई छ ।

    पौडेलले समावेशी लोकतन्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए। राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार