Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको छ ।

सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धनको तर्फबाट भने जनता समाजवादी पार्टी (जसपा)का नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ । नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077