Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुटार पुगिन् बेलायती मन्त्री ट्रेभेलियन

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुटार पुगिन् बेलायती मन्त्री ट्रेभेलियन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 537
    SHARES

    काठमाडौं । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छिन्।

    विदेशराज्यमन्त्री ट्रेभेलियनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेकी हुन्।



    भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    नेपाल–बेलायत मैत्री सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण भएको हो।

    यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गरेकी थिइन्।

    उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार