Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीधारका दलहरूको बैठक बालुवाटारमा बस्दै

काठमाडौं । तत्कालीन नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्नेछ ।

प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन् ।

केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए । उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।

पछिल्लो राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा परेको मुद्दाका विषयमा नेताहरूबीच छलफल हुने बताइएको छ।यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077