Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • नवनिर्वाचित राष्ट्रपति पौडेल भन्छन् – कार्यसम्पादनमा विधिको पालना गर्नेछु

    नवनिर्वाचित राष्ट्रपति पौडेल भन्छन् – कार्यसम्पादनमा विधिको पालना गर्नेछु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई मतदान गरी विजयी बन्ने अवसर दिएकोमा सबै मतदातालाई आभार व्यक्त गरेका छन् ।

    राष्ट्रपतिमा निर्वाचन भएपछि एक वक्तव्य जारी गर्दै पौडेलले शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै मतदातालाई आभार व्यक्त गरेका हुन् ।



    साथै उनले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गरे ।



    राष्ट्रपतिमा निर्वाचित भएपछि सबैमा आभार प्रकट गर्दै राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने प्रतिज्ञा गरेका छन्।

    ‘नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्’, पौडेलले जारी गरेको वक्तव्यमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार