Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल पशुपतिमा पूजा गर्न जाँदै, लगत्तै सुन्दरीजल र बिपी संग्रहालय पुग्ने

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् ।

आज बिहान ८ बजे सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न उनको निजी निवास बोहराटार जान लागेका हुन् ।

यसपछि आज बिहान ९ बजे राष्ट्रपति पौडेल पशुपतिनाथ पुगेर दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

राष्ट्रपति पौडेल आजै सुन्दरीजल पनि जानेछन् । त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077