Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरक्षाकर्मीलाई नवनिर्वाचित राष्ट्रपतिको आग्रह - आफ्नो सवारीमा साइरन नबजाउनू

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका क्रममा साइरन नबजाउन सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा निर्वाचित भएको प्रमाणपत्र बुझे लगत्तै निस्कनासाथ पौडेलले यस्तो आग्रह गरेका हुन् ।

राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतिकका रुपमा संविधानले व्यवस्था गरेको भएपनि यसअघिका दुई राष्ट्रपतिको विगतलाई लिएर आलोचना हुने भएको थियो ।

नवनिर्वाचित पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् भने केहीबेरमा निवास पुग्ने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसमेत मिसिएपछि पौडेल १० दलको समर्थनमा आगामी ५ वर्षका लागि राष्ट्रपति बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077