Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनिर्वाचित राष्ट्रपतिलाई बाँस्कोटाको व्यंग्य – सडक जाम त आजैबाट अन्त भइहाल्छ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अब सडक जाम आजैबाट अन्त्य हुने भन्दै व्यंग्य गरेका हुन् ।

राष्ट्रपति पौडेललाई सामाजिक सञ्जालमार्फत नेताहरूले बधाई तथा शुभकामना दिइरहेका उनले पनि बधाई दिँदै व्यंग्य गरे । साथै उनले सभामुख भएका बेला पौडेलले पूर्वाग्रही व्यवहार गरेको आरोप लगाउँदै अहिले राष्ट्रपति हुँदा पनि नदोहोरियोस् भनेर आग्रह गरे ।

‘नेपालको राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई’, बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सभामुख हुँदाको जस्तो पूर्वाग्रही व्यवहार कसैप्रति नहोस् र सडक जाम त आजैबाट अन्त भइहाल्छ।’

आज भएको चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराउँदै राष्ट्रपतिमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077