Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले गरे बालुवाटारमा स्वागत

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा स्वागत गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई उनले बिहीबार साँझ प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा स्वागत गरेका हुन् ।

राष्ट्रपतिमा निर्वाचन भएलगत्तै निर्वाचित भएको प्रमाणपत्र बुझेर पौडेल राष्ट्रिय बालुवाटार पुगेका छन् ।

आज भएको राष्ट्रपतिको निर्वाचनमा नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077