Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको विश्वास - राष्ट्रपतिका रुपमा पौडेल सिंगो देशको अभिभावक बन्नु हुनेछ

काठमाडौं । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पनि बधाई दिएका छन् ।

सभापति लामिछानेले पौडेललाई बधाई दिँदै सिंगो देशको अभिभावक बन्ने विश्वास व्यक्त गरेका हुन् । लामिछानेले पौडेललाई अभिभावक बन्न सुझाव दिएका छन् ।

‘सभापति लामिछाने सामाजिक सञ्जाल फेसबुक लेखेका छन्, ‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई दिन चाहन्छु। सिंगो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु।’

एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077