Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बलात्कार कसुरमा २३ दिन कैद सजाय

    बलात्कार कसुरमा २३ दिन कैद सजाय

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    नुवाकोट । जिल्ला अदालत नुवाकोटले एक पुरुषलाई बलात्कार कसुरमा २३ दिन कैद सजायको फैसला गरेको छ।

    १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ककनी गाउँपालिका–२ का ५० वर्षीय सानुकान्छा बलामीलाई जिल्ला अदालत नुवाकोटले उक्त फैसला गरेको हो।



    बलामीले बालिकालाई २०७८ मंसिर २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले बलामीविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा मंसिर २४ गते उजुरी दर्ता भएको थियो।



    जिल्ला न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार