काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छन्। उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन्।
६ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा रुपान्तरण गरेका हुन् ।
सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्।
‘शुभविवाह,’ उनले लेखेकी छन्। उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्।
बुधबार उनीहरूले इंगेजमेन्ट गरेका थिए। उनीहरूको विवाह समारोह चितवनको सौराहामा भइरहेको छ।
Leave a Reply