Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिका उम्मेदवार पौडेलले भने – म शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भए शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्।

राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसर पुगेका पौडेलले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने बताए। उनले आफू राष्ट्रपति निर्वाचित भएमा उदाहरणीय काम गर्ने बताए।

उनले भने, ‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरूले देख्नुहुनेछ । शितल निवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन।’

उनले ८ दलका सांसदहरूले आफूलाई सहयोग गर्ने र निर्वाचित हुनेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिएका छन्।

कांग्रेससहित ८ दलको समर्थनमा पौडेल गत फागुन १३ मा राष्ट्रपति उम्मेदवार भएका थिए। राष्ट्रपति चयनका लागि आज पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077