Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्य निरुपणसम्बन्धी संशोधित विधेयक संसद्‌मा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसद्‌मा दर्ता गर्ने निर्णय गरेको हो ।

केही दिनअघि मात्र सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट निवेदन दर्ता गर्ने आदेश जारी गर्दै सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको थियो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उक्त ठहर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्न आदेश गरेको थियो ।

त्यस्तै प्रधानमन्त्रीको सचिवालयका अनुसार फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077