Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

उपराष्ट्रपतिको उम्मेदवार र समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न जसपाको बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बताइएको छ । जसपाले राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरिसकेको छ ।

राष्ट्रपति निर्वाचनअघि जसपाले बिहीबार बिहान आफ्ना सांसदहरूलाई पनि बालकुमारीमा उपस्थित हुन निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077