Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिका दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न सकेनौँ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न नसकेको बताएका छन् ।

पार्टी कार्यालय धुम्वाराहीमा बसको कार्यसम्पादन समितिको बैठकपछि लिङ्देनले सर्वसम्मत रुपमा मतदानमा सहभागी नहुने निर्णय गरेको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले भने, ‘सैद्धान्तिक रुपमा राष्ट्रपति भन्ने संस्थासँग हाम्रो फरक मत छ । त्यो आफ्नो ठाउँमा छ । तर, त्यो भन्दापनि राष्ट्रपतिलाई संविधानले संवैधानिक, सेरोमोनियल, अभिभावकीय, निष्पक्ष संस्थाको परिकल्पना गरेको छ ।

उहाँहरु हालै मात्रै प्रतिनिधि सभामा फरक फरक राजनीतिक दलबाट निर्वाचित हुनुभएको छ। उहाँहरुबाट अभिभाविकय भूमिका र निष्पक्षता हामीले परिकल्पना गर्न सक्दैनौँ। ’

अहिले उम्मेदवार बनेका दुवैजना सक्रिय राजनीतिमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077