Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मोबाइल निषेध

काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतदाताले मोबाइललगायतका कुनै पनि उपकरण लैजान नपाउने भएका छन् ।

राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको बारे जानकारी गराउँदै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मतदानस्थलमा मतदाताले मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएका हुन् ।

उनले भने, ‘सुरक्षाकर्मीले आवश्यक सुरक्षा जाँच गर्छन्, यो गोप्य मतदान हो, बुथमा जाँदा मोबाइल लगायत कानुनले निषेध गरेका कुनै पनि उपकरण लैजान मिल्दैन ।’

राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077