Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिबारे निर्णय लिन राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका विषयमा निणर्य गर्नका लागि बैठक बोलाइको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रपति निर्वाचनमा के गर्ने भन्नेबारे अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति बैठकमा नेताहरूको धारणा लिने तयारी गरेका छन् ।

राप्रपामा राष्ट्रपति चुनावमा मतदान गर्नुपर्ने र मतदान गर्न नहुने भन्नेमा नेताहरू विभाजित छन् ।

आफूहरू 'राजावादी' भएकोले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने तर्कसमेत केही नेताले उठाउने गरेका छन् । बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077