Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भन्छन् - द्वन्कालीन मुद्दा गिजोल्ने होइन्, सत्यनिरुपण आयोगबाट हल गर्न सबै गम्भीर बनौं

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा छिटो हल गर्न सबै पक्ष गम्भीर बन्नु पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले मुद्धा गिजोल्ने नभएर सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हल गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘द्वन्द्वकालीन मुद्दा गिजोल्ने हैन सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत छिटो हल गर्न सबै पक्ष गम्भीर बनौं ।’ मंगलबार बिहान बालुवाटारमा ८ दलको बैठक बसेर यस मुद्दालाई राजनीतिक तवरबाट टुंगो लगाउन एकजुट भएको उल्लेख गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा पीडितहरुले मुद्दा दायर गरेपछि ८ दलले संयुक्त विज्ञप्ति निकाल्दै मुद्दा दायर गरिनु षड्यन्त्र भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077