Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण

    राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 699
    SHARES

    काठमाडौं । मुलुकको आगामी नयाँ राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ ।

    बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुईवटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिए ।



    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का ३३२ र प्रदेशसभा सदस्य ५५० मतदाता छन् ।



    निर्वाचनमा सङ्घीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

    निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् ।

    राष्ट्रपति पदको निर्वाचनमा नौदलीय गठबन्धनका तर्फबाट साझा उमेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा ९एमाले०का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उमेदवार छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार