Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – अब म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु

    प्रधानमन्त्री प्रचण्डले भने – अब म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 573
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् ।

    सोलुखोला दुधकोशी जलविद्युत परियोजना उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदै गएको र आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताए ।



    उनले भने, ‘म प्रधानमन्त्री बन्दै गर्दा विद्युत प्राधिकरणका एमडी कुलमानजीले भन्नुभयो, तपाईले प्रधानमन्त्रीको रुपमा डिजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्नुपर्‍यो भन्नुभयो । मैले प्रधानमन्त्री कार्यालयमा छलफल गरेको छु, म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु।’

    नेपाल ग्रीन इनर्जीको प्रचुर सम्भावना रहेको देश भएको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

    विकसित देशमा विस्तारै हाइड्रोजन ऊर्जाको मात्रा गुणात्मक रुपमा बढिरहेको भन्दै प्रचण्डले नेपालमा झन् हाइड्रोजन ऊर्जाको प्रचुर सम्भावना रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार