Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गणतन्त्र विरोधी गतिविधि रोक्न माग गर्दै वाईसीएलले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

    गणतन्त्र विरोधी गतिविधि रोक्न माग गर्दै वाईसीएलले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 618
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसियलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

    लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरूले केही दिनयता अस्वाभाविक तरिकाले गरिरहेको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण  जनाउँदै वाइसियल अध्यक्ष सुवोध शेर्पालीको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।



    अहिलेसम्मका उपलब्धिविरुद्ध षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वभाविक गतिविधिहरुको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणका लागि सरकार समक्ष माग गरेका छन् ।



    ‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने महान् योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापनको लागि जोडदार माग गर्दछौं’, ५ बुँदे ज्ञापनपत्रमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार