Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सांसदहरुलाई भोलि बिहानसम्म काठमाडौं आइपुग्न सत्ता गठबन्धनको निर्देशन

    सांसदहरुलाई भोलि बिहानसम्म काठमाडौं आइपुग्न सत्ता गठबन्धनको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आठ दलीय गठबन्धनको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ ।

    मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बिहान ११ बजेसम्म आइपुग्न निर्देशन दिएको हो ।



    कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको र निर्वाचनसँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए ।



    बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

    राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबारदेखि निर्वाचन आचारसंहिता समेत लागु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार