काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न आठ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद विस्तारजस्ता विषयहरूमा छलफल भइरहेको बताइएको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा ८ दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।
गठबन्धनमा कांग्रेस र माओवादीसहित नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
Leave a Reply