Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आठदलीय गठबन्धनको बैठक बस्दै‚ राष्ट्रपति निर्वाचन र शक्ति बाँडफाँटबारे छलफल हुने

    आठदलीय गठबन्धनको बैठक बस्दै‚ राष्ट्रपति निर्वाचन र शक्ति बाँडफाँटबारे छलफल हुने

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 639
    SHARES

    काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न आठ दलीय गठबन्धन बैठक बस्ने भएको छ । ।

    नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो २ बजे आठदलीय गठबन्धन कार्यदलको बैठक बस्न लागेको हो ।



    बैठकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ । यसैगरी बैठकले शक्ति बाँडफाँटको विषयमा समेत छलफल हुनेछ।



    कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा ८ दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।

    गठबन्धनमा कांग्रेस र माओवादीसहित नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

    राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा लगाइएको आचारसंहिता निष्क्रिय हुने बित्तिकै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार