Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • म्याथ्युज चम्किँदा मुम्बईले बैंग्लोरलाई ९ विकेटले हरायो

    म्याथ्युज चम्किँदा मुम्बईले बैंग्लोरलाई ९ विकेटले हरायो

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 645
    SHARES

    एजेन्सी । वुमन्स प्रिमियर लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ९ विकेटको सहज जीत हासिल गरेको छ ।

    हेली म्याथ्युजको अलराउन्ड प्रदर्शनमा मुम्बई इन्डियन्सले ५ ओभर बाँकी रहँदै लक्ष्य पछ्यायो। बलिङका क्रममा म्याथ्युजले कप्तान स्मृति मन्धानासहित तीन विकेट लिइन् भने ब्याटिङमा ३८ बलमा अविजित ७७ रन बनाइन् ।



    पहिले ब्याटिङ गरेको आरसीबीको टोली १८.४ ओभरमा १५५ रनको स्कोरमा अलआउट भयो। उक्त लक्ष्य मुम्बई इन्डियन्सले १४.२ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गरेको थियो ।



    आरसीबीबाट ओपनिङ गर्न आएकी कप्तान स्मृति मन्धाना २३ रनको व्यक्तिगत स्कोरमा म्याथ्युजको बलमा क्याच आएट भइन् । यसपछि साइका इशाकले लगातार दुई विकेट लिइन् ।

    ४३ रनमा मात्रै आरसीबीको चार विकेट खसेको थियो । ओपनिङमा आएका म्याथ्युजले १३ चौका र एक छक्का प्रहार गर्दै ७७ रनमा अविजित रहिन् भने तेस्रो नम्बरमा रहेका स्काइभर ब्रन्टले पनि ५५ रनको अविजित इनिङ खेलिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार