Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु, के गर्न पाइँदैन ?

    राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु, के गर्न पाइँदैन ?

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 603
    SHARES

    काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले सोमबार मध्यरातिदेखि मौन अवधि सुरु भएको जनाउँदै निषेधको अवधिमा प्रचार प्रसार गर्न रोक लगाएको हो ।

    “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।



    उक्त व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि सोमबार मध्यरातिदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले विज्ञप्ति जारी गर्दै भने ।



    आयोगले कुनै पनि माध्यमबाट मत माग्न र प्रचार प्रसार नगर्न पनि आग्रह गरेको छ । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।

    यसैगरी उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न पनि पाइँदैन ।

    आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न÷गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार