Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेन्द्र लिङ्देन भन्छन् - अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन गर्दैनौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।

पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताउँदै सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीले अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

विगत केही दिनयता व्यवसायी दुर्गा प्रसाईंले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै सरकारको विरोध गर्दै आएका छन् । सोही विषयमा राप्रपाले यस्तो स्पष्टीकरण दिएको हो ।

उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख सुविधा भन्दा सत्ताकेन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले जनता र देशले यस्ता अराजकता व्यहोर्नुपरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077