Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिमा सहयोग गर्न कांग्रेस नेताहरूको आग्रह, लिङ्देनको जवाफ – शुभकामना छ

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन् ।

सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरूसँग भोट मागेका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए ।

उनले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताए । अध्यक्ष लिङ्देनले संस्थागत निर्णय हुने जवाफ दिएको बताइएको छ ।

संस्थागत रुपमा राजतन्त्रको पक्षमा उभिदै आएको राप्रपा राष्ट्रपति चुनावमा मतदान गर्ने कि नगर्ने निर्णय गरेको छैन । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077