Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिमा भोट माग्दै रामचन्द्र पौडेल राप्रपाको कार्यालयमा

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा आफूलाई मत माग्न नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुसँग भेट गरेका छन् ।

राष्ट्रपति उम्मेदवार पौडेलले राप्रपा पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङदेनसँगै अन्य नेता तथा सांसदहरुसँग अहिले भेट गरेका हुन् ।

आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँगै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन् ।

पौडेलले आजै बिहान नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका थिए ।

सत्ता गठबन्धनका आठ दलको साझा उम्मेदवार पौडेल अहिलेको मतभारअनुसार राष्ट्रपति निर्वाचित हुने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077