Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही

    होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 921
    SHARES

    काठमाडौं । होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाई गरिएको छ ।

    ट्राफिक प्रहरीले सोमबार बिहान ११ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही गरेको हो ।



    उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाई गरेको छ ।



    काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’राखिएको उपत्‍यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ

    । होली पर्वलाई दुर्घटनारहित,सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार