Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति उम्मेदवार पौडेल र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौं । कांग्रेसका वरिष्ठ नेतासमेत रहेका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाललाई भेट्न पौडेल सोमबार बिहान उनकै निवास डल्लु पुगेका हुन् ।

उनीहरूबीच भेटमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भएको बताइएको छ । पौडेलको सचिवालयले जानकारी दिएको छ।

८ दलको समर्थनमा गत फागुन १३ गते पौडेल राष्ट्रपति उम्मेदवार बनेका थिए। यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077