Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित भएर खाली हुने निर्वाचन क्षेत्र र चितवन( २ मा एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

आइतबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन निर्वाचन क्षेत्र नम्बर २ र राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित सांसदको रिक्त रहेको पदका लागि एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको जानकारी दिए ।

'आगामी फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त भएपछि खाली हुने निर्वाचन क्षेत्र र चितवन-२ मा एकैपटक उपनिर्वाचन गर्ने तयारी आयोग गरिरहेको छ,' उनले भने, 'तीनवटा निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्दा थप निर्वाचन सामग्री खरिद गर्नुपर्दैन । मतपत्र छपाइ र कर्मचारीलगायत लागि एक निर्वाचन क्षेत्रमा करिब दुई करोड खर्च हुने अनुमान गरेका छौं ।'

यसअघि आयोगले चितवन-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077