काठमाडौं । आठ दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र सम्भावित मन्त्रिपिरषद् विस्तारसहितका एजेन्डामा छलफल गर्न बैठक बसेको हो।
यो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि मिसिएका छन्।
उनको दलका नेता महिन्द्रराय यादवले माओवादीको चुनाव चिह्न लिएर सर्लाहीबाट प्रतिनिधिसभाको चुनाव जितेका थिए।
बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनमत पार्टीका अब्दुल खान,लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा नेता राजेन्द्र श्रेष्ठलगायत छन्।
Leave a Reply