Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हेटौँडामा मृतकका आफन्तले गरे पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यलय मकवानपुरअगाडि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

सवारी दुर्घटनामा मृत्यु भएका हेटौँडा ६ चौघडाका कृष्णप्रसाद सापकोटालाई ठक्कर दिने सवारीसाधन पत्ता लगाउनुपर्ने माग गर्दै सापकोटाका आफन्त र स्थानीयले सडक अवरुद्ध पारेका हुन्।

शनिवार काठमाडौंबाट हेटौँडा आउने क्रममा हेटौँडा–१ तिरतिरे धारा नजिक हेटौडा– ६ चौघडा पुतली बजारका अन्दाजी ५२ वर्षीय सापकोटाको मृत्यु भए पनि आइतबार दिउँसोसम्म ठक्कर दिने सवारीको पहिचान हुन नसकेपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

उनीहरुले जिल्ला प्रहरी कार्यलय अगाडी जम्मा भएर सापकोटाको मोटरसाइकललाई ठक्कर दिने सवारीसाधन तत्काल पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077