काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज भेट्ने भएका छन् ।
आज ‘शहीद तथा बपत्ता योद्धा सन्तति फाउन्डेसन’द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त जानकारी दिएका हुन् ।
प्रचण्डले भने, ‘सबै नेताहरुको विचार अन्तिमसम्म सुन्ने इच्छा थियो । सरकारका केही महत्वपूर्ण काम गर्नु छ, त्यसको लगत्तै राष्ट्रपतिकहाँ पुगेर केही कुरा अघि बढाउनु छ ।’
उनी सहभागी नेताहरुको भाषण बाँकी रहेकै बेला कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।
प्रचण्डले राष्ट्रपति भण्डारीलाई आज सरकारको वार्षिक प्रतिवेदन बुझाउँदैछन् ।
Leave a Reply